युएईले नेपाललाई दियो ११८ रनको लक्ष्य « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

युएईले नेपाललाई दियो ११८ रनको लक्ष्य


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा नेपाललाई यूएईले ११८ रनको लक्ष्य दिएको छ।

सोमबार बाँकी रहेको खेल मंगलबार ‘रिजर्भ डे’मा भएको खेलमा नेपालले ११८ लक्ष्य पाएको हो।

खेलमा ललितको बलमा मिडविकेट क्षेत्रमा कुशल भुर्तेलले क्याच लिएसँगै यूएई ११७ रनमा अलआउट भएको हो।

खेल बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको थियो। ​मंगलबार सोमबारकै स्थितिबाट युएईले ब्याटिङ सुरु गरेको थियो।

त्रिवि मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २७. ३ ओभरमा ९ विकेट गुमाउँदै १६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो।

सन् १९८४ मा सुरु एसिया कपको १६ औं संस्करणमा पहिलो पटक सहभागिता जनाउने लक्ष्यमा नेपाल रहेको छ।

पहिलो सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनको आधारमा फाइनलमा पुगेको हो। ओमानलाई ‘डीएल मेथडमा दुई रनले हराउँदै यूएईले फाइनलमा स्थान बनाएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस