नेपाल र यूएई बीचको बाँकी खेल सुरु « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नेपाल र यूएई बीचको बाँकी खेल सुरु


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँमा जारी एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको वर्षाका कारण रोकिएको फाइनल खेल आज फेरि सुरू भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो।

आज ९ बजे यही स्थितिबाट खेल सुरू भएको हो।

आजको खेल पनि वर्षाले अवरूद्ध भएमा ओभर घटाइनेछ। ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ।

सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्नेछ। यस्तो अवस्थामा अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन हुनेछ भने एसिया कपमा छनोट हुनेछ।

एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस