काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति विकृत भएको बताएका छन् ।
सोमबार काठमाडौँमा एकीकृत ट्रेड युनियन महासङ्घ नेपाल (आईसीटीयु) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले नेपालको राजनीतिमा फोहोर जमेको र त्यसलाई सफा गर्नुपर्ने बर्ताका हुन् । उनले राजनीति मानिसका लागि घृणाको विषय बनेको दाबी गरे ।
उनले नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएकोप्रति आपत्ति जनाउँदै उनले भ्रष्टाचार, सहज रूपमा सेवा प्रवाह नगर्नु र जनताको पीडा र वेदनालाई बेवास्ता गर्ने प्रवृत्तिले नेपालको राजनीतिप्रति निराश मान्दै गएको बताए ।







