राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको एतिहासिक भूमिका : मुख्यमन्त्री कार्की « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको एतिहासिक भूमिका : मुख्यमन्त्री कार्की


१८ बैशाख २०८०, सोमबार


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको एतिहासिक भूमिका रहेको बताएका छन् ।

आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै हाल प्राप्त उपलब्धिमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको प्रवाह नगरी महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

‘विसं २००७ मा कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरबाट नै श्रमिकले प्रजातन्त्रको बिगुल फुकेका थिए । नेपाली समाजको युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पुर्‍याएको योगदानप्रति आजको विशेष दिनमा म उच्च सम्मान प्रकट गर्दछु’, उनले भने ।

श्रमसम्बन्धी हकलाई मौलिक हकका रूपमा उल्लेख गरिएको भन्दै उनले त्यसलाई कार्यान्वयनका लागि श्रमजीवी वर्गको अधिकार कार्यान्वयन गर्न श्रम ऐन, २०७४ र सामाजिक सुरक्षा ऐन, २०७५ लगायतका विभित्र ऐन कानुनको निर्माण भएको बताए । सरकारी तहबाट निर्माण भएका ती ऐन कानुनको पूर्ण कार्यान्वयनका लागि आवश्यक भूमिका निर्वाह गर्न कोशी प्रदेश सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस