सुनको मूल्य घट्यो, चाँदीको स्थिर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य घट्यो, चाँदीको स्थिर


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २०० सयले घटेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएकोमा आज सोही मूल्यमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस