यस्तो छ आजको मौसम पुर्वानुमान « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

यस्तो छ आजको मौसम पुर्वानुमान


१७ बैशाख २०८०, आइतबार


काठमाडौँ । आज मौसम देशभर आंशिकदेखि सामान्य बदली रहने छ।

पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

कोशी प्रदेशका तराई भू-भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना छ। पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस