२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले बुझायो विषयगत समितिमा रहने सदस्यको नाम

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेले संसदीय समितिमा रहने सदस्यको नाम संसद सचिवालयलाई बुझाएको छ । 

बिहीबार प्रतिनिधिसभाका दशवटा विषयगत समितिमा दलबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सचिवालयलाई बुझाएका हुन् । 

संसद् सचिवालयका अनुसार प्रमुख प्रतिपक्षी एमालेबाट संसदीय समितिमा सदस्य रहने सांसदहरूको नाम प्राप्त र सत्तारुढ काँग्रेस र माओवादीले शुक्रबार बिहान नाम बुझाउने जनाइएको छ । अन्य दलले यसअघि नै समितिमा नाम उपलब्ध गराइसकेका छन् । 

उक्त कार्यसूचीमा ‘सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहनु हुने माननीय सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने,’ उल्लेख छ । 

नामावली अनुसार अर्थ समितिमा विष्णु पौडेल, पदम गिरी, जुली महतो, सूर्य थापा, भगवती चौधरी, अमर रायमाझी, नारायणप्रसाद आचार्य र रणकुमारी बलम्पाकी मगरको नाम मनोनयनका लागि पठाएको छ । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा केपी शर्मा ओली, भीम आचार्य, हरि उप्रेती, सुनिता बराल, देवीप्रकाश भट्टचन, एकनाथ ढकाल, सम्झना थपलिया र दामोदर बैरागीलाई सिफारिस गरेको छ ।  

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मङ्गलप्रसाद गुप्ता र लक्ष्मी महतो कोइरीको नाम पठाएको छ । 

कानुन, न्याय तथा मानव अधिकार समितिमा सुवास नेम्वाङ, महेश बर्तौला, मनबहादुर गुरुङ, किरण कुमार साह, नैनकला थापा, प्रतिक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्माको नाम पठाएको छ ।  

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिमा ज्वालाकुमारी शाह, सूर्यप्रकाश ढकाल, बिजुला रायमाझी, सरस्वती सुब्बा, अमृतलाल राजवंशी, गङ्गाप्रसाद यादव, मानवीर राई र सूर्यकुमारी श्रेष्ठको नाम सिफारिस गरिएको छ । 

महिला तथा सामाजिक मामिला समितिमा टोपबहादुर रायमाझी, ईश्वरी बहादुर रिजाल, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, हर्कमाया विश्वकर्मा, आश्मा चौधरी र विना देवीलाई पठाएको छ ।  

यसैगरी राज्यव्यवस्था तथा सुशासन समितिमा पृथ्वीसुब्बा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, लिलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई, बलराम अधिकारी, वासुदेव घिमिरे र मेनकाकुमारी पोखरेलको नाम सिफारिस गरिएको छ । 

पूर्वाधार विकास समितिमा गोकर्ण विष्ट, ठाकुर गैरे, वसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला ९देवकोटा०, दयालबहादुर शाही, प्रेमबहादुर महर्जन र राजकुमार गुप्तालाई पठाइएको छ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छविलाल विश्वकर्मा, विद्या भट्टराई, प्रभु हजारा दुसाध, ईश्वरी घर्ती, सरिता भुसाल, दिपा शर्मा, उर्मिला थेवे र कालुराम राईको नाम सिफारिस गरिएको छ ।  

सार्वजनिक लेखा समितिमा योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युतप्रसाद मैनाली, दामोदर भण्डारी, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मणी राना बराइलीको नाम सिफारिस गरिएको एमाले संसदीय दलले जनाएको छ । 

संयुक्त समितिको नाम पछि उपलब्ध पठाइने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस