२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बज्न छाडे गाउँघरमा पञ्चेबाजा

अ+ अ-

ढोरपाटन । गलकोट नगरपालिका–२ का इन्द्रबहादुर दर्जी अहिले ५५ वर्ष भए । उनले पञ्चेबाजा बजाउन थालेको ४५ वर्ष पुगी सक्यो । दश वर्षकै उमेरदेखि बाजा बजाउन थालेका उनी अहिले पनि मेला महोत्सव, विवाह तथा व्रतबन्धमा पुग्छन् । पञ्चेबाजाका रूपमा परिचित गलकोट क्षेत्रमा पछिल्लो समय बाजा बजाउने प्रचलन हराउन थालेकोप्रति दर्जी चिन्तित छन् । केही वर्षयता आयातित विद्युतीय ‘साउन्ड सिस्टम’ले पञ्चेबाजा ओझेलमा पर्न थालेका छन् । अचेल गाउँ बस्तीमा बाजाको आवाज निकै कम सुनिन्छन् ।

पञ्चेबाजाप्रति युवाले चासो नदिँदा लोप हुने खतरा बढेको हो । विशेष गरी दलित समुदायले बजाउँदै आएको पञ्चेबाजा अहिले अन्य समुदायका कलाकारले पनि बजाउन थालेका छन् । बाजा बजाउने दलित समुदायको पुर्ख्यौली पेसा भए पनि अहिले नयाँ पुस्ताले चासो दिएको पाइँदैन । पञ्चेबाजा लोप हुने अवस्थामा पुगेपछि गलकोट नगरपालिकाले यसको संरक्षणमा ध्यान दिएको छ । बाजा बजाउने दलित समुदायकालाई प्रोत्साहनस्वरुप बाजालगायतका आवश्यक सामग्री सहयोग गर्दै आएको छ । नगरपालिकाले आवश्यक सामग्री प्रदान गरे पनि पञ्चेबाजाको लोकप्रियतामा कमी हुँदै गएको छ ।

इन्द्रबहादुरले गाउँमा युवा नहुँदा बाजा बजाउने समूह नै नपुग्ने गुनासो गर्छन् । पहिले गाउँमा बाजा बजाउने धेरै समूह हुने गरेको र माग पनि धेरै आउने गरेको जनाउँदै अहिले माग पनि घटेको र बजाउने कलाकारको समेत अभाव हुँदै गएको उनले बताए । धेरैजसो युवा विदेश गएको र गाउँमा भएकाले बाजा बजाउन लाज मान्ने गरेको दर्जीको भनाइ छ । अहिलेसम्म बुढापाकाकै भरमा पञ्चेबाजा संरक्षित भएको जनाउँदै आफूहरूको हात पाखुरा बसे भने यो संस्कृति नै हराउन सक्ने उनको चिन्ता छ ।

दर्जी भन्छन्, ‘बाजा बजाउने प्रचलन त हाम्रो जिजु बाजेदेखि चल्दै आएको रीति हो, हामीहरूले बाजा बजाउन सिकेको होइन, हाम्लाइ त बाजाको ताल मिलाएर बजाउने ज्ञान ‘अटोमेटिक’ आउँछ, मैले नै बजाउन थालेको दशकौँ भयो, अहिले पनि बजाउँदै आएको छु, अहिले पहिलाको जस्तो माग आउँदैन, पहिले त धेरै ठाउँबाट बाजा बजाउनका लागि बोलाउँथे, अहिले त बजाउने मान्छे नै छैनन्, गाउँमा भएका तन्नेरी सबै लाहुर (विदेश) गए, हामी बुढा भयौँ, टाढा जान सक्दैनौँ, नजिक नजिक मात्रै बजाउँछौँ, बाजाको ताल सुन्नै गाह्रो हुन थाल्यो ।’

स्थानीय लालबहादुर परियारले पनि बाजा बजाउन थालेको ४० वर्ष भयो । ४९ वर्षीय परियार अहिले पनि धेरै ठाउँमा बाजा बजाउन पुग्छन् । दिनप्रति दिन बाजा बजाउने समूहका सदस्य घट्दै गएको भन्दै परियारनहाँले पञ्चेबाजा बजाएर घर परिवार चलाएको सुनाउँदै आम्दानी पनि राम्रो हुने गरेको बताए । एक दिनमै एउटा समूहले रु ३५/४० हजार कमाइ गर्न सकिने उनको भनाइ छ ।

पछिल्लो समय मेला महोत्सव र विवाहमा रेकर्डिङ गीत बजाउने गरेको भन्दै पञ्चेबाजा ओझेलमा पर्न थालेको उनले बताए । पहिले विवाहको महिनामा कुनै दिन खाली नहुने गरेको स्मरण गर्दै अहिले हप्तामा एक पटक पनि काम नपाएको परियारको गुनासो छ । उनले पञ्चेबाजासँगै मौलिक संस्कृति र परम्परा पनि लोप हुँदै जान थालेको बताउछन् ।

‘पहिले बाजा नबजाएसम्म विवाह हुँदैनथ्यो, मेला महोत्सव र पर्व रमाइलो हुँदैनथे, अहिले त बाजाको खास्सै वास्ता छैन, गीत सङ्गीतले गर्दा हो कि, जमाना फेरिएर हो बाजाको महत्त्व घटेको छ’, उनले भने, ‘बाजा बजाएरै छोराछोरी हुर्काइयो, पढाइयो, अहिले कमाइ अरु केही छैन, हातमुख जोड्न पनि गाह्रो हुन्छ, कसैले बाजा बजाउन बोलाइहाले पनि समूह जम्मा गर्नै गाह्रो हुन्छ ।’

गलकोट नगरपालिका–२ का अध्यक्ष हिमबहादुर भण्डारीले पञ्चेबाजा गलकोटको पहिचान भएको जनाउँदै यसको संरक्षणका लागि पञ्चेबाजा समूहलाई रु तीन लाख बराबरको बाजा, कर्नाल र पोसाक उपलब्ध गराएको बताए । पछिल्लो समय पञ्चेबाजा हराउँदै जान थालेपछि यसतर्फ बाजा बजाउने समूह तथा समुदायलाई आकर्षण गर्नका लागि वडा कार्यालय समय–समयमा सहयोग गर्दै आएको बताए । अहिले यस क्षेत्रमा बाजा बजाउनेको सङ्ख्या पनि निकै कम भएको जनाइएको छ ।

अध्यक्ष भण्डारी भन्छन्, ‘पञ्चेबाजासँग हाम्रो पहिचान जोडिएको छ, कला संस्कृति मासिनु भनेको मानव जातिको अस्तित्व सङ्कटमा पर्नु हो, त्यसले गर्दा यस्ता ऐतिहासिक महत्त्व बोकेका मौलिक संस्कृतिको संरक्षणमा हामीहरूले जोड दिएका छौँ, यहाँका पञ्चेबाजासँगै अरु मौलिक कला, संस्कृति प्रवर्द्धन गर्न हामीहरू लागि रहेका छौँ ‘

प्रतिक्रिया दिनुहोस