काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्राप्त पछिल्लो परिणामअनुसार हालसम्म नौ हजार ७८ मतगणना भइसकेको छ । उक्त मत गन्दा त्यहाँ जनता समाजवादी पार्टीले गठबन्धनको सहयोगमा अग्रता कायमै राखेको छ ।
पछिल्लो परिणामअनुसार यहाँ जसपा अध्यक्ष उपेन्द्र यादवले तीन हजार २१४ मत प्राप्त गरेका छन् । उनका निकटतम रहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले दुई हजार ८३१ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेको नेकपा (एमाले) का उम्मेदवार पुरुषोत्तम पौडेलले एक हजार ३३४ मत प्राप्त गर्दा रास्वपाका उम्मेदवार रमेश खरेलले ६४१ र आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले २७३ मत पाएका छन् ।