४ समितिको सभापतिमा एमालेको अडान, भागवण्डा मिलाउन सकस « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

४ समितिको सभापतिमा एमालेको अडान, भागवण्डा मिलाउन सकस


८ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभाको लेखासहित ४ समितिको सभापतिमा अडान नछाडेपछि भागवण्डा मिलाउन सकस परेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले सांसद सङ्ख्याको आधारमा आफूहरूले ४ समितिको सभापति पाउनुपर्ने अडान राखेको हो । 

शुक्रबार पनि प्रधानन्यायाधीश नियुक्तिदेखि संसदीय समिति गठन लगाएको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच साढे दुई घण्टा छलफल भएपनि एमालेले पुरानै अडान नछाडेपछि बैठक निष्कर्षविहीन बनेको छ । 

प्रधानमन्त्री प्रचण्डसँग भेटेपछि बाहिरिने क्रममा ओलीले समसामयिक विषयमा कुराकानी भएको बताएका थिए । 

तर, प्रधानमन्त्री प्रचण्ड र ओली बीचको संसदीय समितिलाई छिटो टुङ्ग्याउने विषयमा छलफल भएपनि कुनै निष्कर्षमा नपुगेको एमालेका प्रमुख सचेतक पदम गिरीले बताएका छन् ।

छलफल विषयगत समिति र संयुक्त समितिमा नै केन्द्रित रहेको उनको भनाइ छ । दुवै पक्षले आफ्नो अडान छाड्न नसक्दा आजको छलफलमा दुई नेताहरूका बीचमा कुनै समझदारी बन्न नसकेको बताए ।

अब सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित तीन दलबीच सहमतिको प्रयास गरिने भएपनि अर्को बैठकको मिति तय नभएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस