हिमाल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

हिमाल


८ बैशाख २०८०, शुक्रबार


हिमाल चुलिँदै समस्त  जगमा

प्रभाव रसिलो   थुपार्छ  सबमा 

टलक्क  सुनझैँ  हिमाल  रहने             

जमेर  हिउँ झन्  यहाँ  मृदु हुने।१।

हिमाल जनको अमूल्य धन हो

रुँदैन  हिउँमा   बसेर   मन यो

जपेर   जप यो  हिमाल तटमा

मनुष्य  गर है  सुकर्म   भवमा ।२।

म  जान सकुँला हिमाल नजिक

सदैव   हँसिलो  बढेछ  अलिक

रहन्छ  मनमा   हिमाल  सबमा

सकिन्छ   जनले   कहेर भवमा ।३।

चुमेर नभमा हिमाल जहिले

रमेर  महिला  चढेर   पहिले

प्रकाश जसले छरेर  जनमा

हुनेछ  उनको  पवित्र मनमा।४।

हिमाल  नचढे  भएन   पछुतो

छ स्वर्ग जसमा नमान अछुतो

सुगन्ध  छरियोस्  हरेक पलमा

सरेछ  बिरुवा  सुरम्य  थलमा।५।

Tags :
प्रतिक्रिया दिनुहोस