बाघले लग्यो कञ्चनपुरमा घाँस काटिरहेकी महिला « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बाघले लग्यो कञ्चनपुरमा घाँस काटिरहेकी महिला


८ बैशाख २०८०, शुक्रबार


काठमाडौँ। कञ्चनपुरमा घाँस काटिरहेको अवस्थामा एक महिलालाई बाघले आक्रमण गरेर बेपत्ता बनाएको छ । बेलौरी नगरपालिका-८ पचुँइकी गङ्गादेवी चन्द बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले नेपाल भारत सीमा क्षेत्र नजिकै पर्ने खप्टिनालामा घाँस काट्ने क्रममा चन्दलाई बाघले लगेको बताए । उनीसँगै रहेका अन्य महिलाहरूले भने भागेर ज्यान जोगाएका छन् ।

बाघले आक्रमण गरेर बेपत्ता बनाएकी महिलाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, सव डिभिजन वन कार्यालय कुण्डाका कर्मचारी र स्थानीयबासिन्दा खटिएका छन् । डिएसपी डाँगीका अनुसार ड्रोनको प्रयोग गरेर हेर्दा बाघ खप्टिनाला क्षेत्रमै देखिएको छ ।

बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली मगाइएको प्रहरीले जनाएको छ । बाघ भगाउन प्रहरीले हवाइ फायर समेत गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस