करोडौँको सुन विमानस्थलबाटै चोरी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

करोडौँको सुन विमानस्थलबाटै चोरी


८ बैशाख २०८०, शुक्रबार


सुन

काठमाडौँ । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट करोडौँको सुन चोरी भएको छ । सुन र बहुमूल्य वस्तु राखिएको कार्गो कन्टेनरबाट सुन र अन्य सामग्री चोरिएको अधिकारीहरूले बताएका छन् ।

कार्गो कन्टेनरबाट दुई करोड क्यानेडियन डलर बराबरको सुनका साथै अन्य बहुमूल्य सामग्री चोरी भएको पुष्टि गर्दै प्रहरीले अनुसन्धान थालेको बताएको छ । 

गएको सोमवार बेलुकी विमानबाट मालसामान उतारेपछि कार्गो गरिएको बहुमूल्य वस्तु हराएका क्षेत्रीय प्रहरी निरीक्षक स्टेफिन डुवेस्टेनले बताएका छन् । उनले अनुसन्धान थालिएको बताउँदै दोषीलाई चाँडै कानुनको दायरमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यद्यपि अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन ।

कार्गो गरेर सुन ढुवानी गर्ने विमानको उद्गमस्थल तथा त्यस कार्गोको अन्तिम गन्तव्यबारे केही खुलाइएको छैन । क्यानडामा चोरीका यस्ता घटना विरलै हुने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस