उपनिर्वाचनका दिन अत्यावश्यक बाहेक सवारी साधन चलाउन निषेध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपनिर्वाचनका दिन अत्यावश्यक बाहेक सवारी साधन चलाउन निषेध


८ बैशाख २०८०, शुक्रबार


काठमाडौँ। जिल्ला प्रशासन कार्यालय तनहुँले उपनिर्वाचनको दिन अत्यावश्यक बाहेकका सवारी साधन चलाउन निषेध गरेको छ । 

वैशाख १० हुने उपनिर्वाचनलाई मध्यनजर गरी कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । 

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ भित्र अत्यावश्यक बाहेक कुनैपनि सवारी साधन चलाउन नपाइने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । राष्ट्रिय राजमार्गको मुग्लिङ-दमौली चापाघाटसम्म भने सुरक्षाकर्मीको स्कर्टिङमा यातायात सञ्चालन गरिने प्रशासनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस