काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुदैछ ।
उक्त मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा सुनुवाइ भइरहेको हो। यसअघि दुई पटकसम्म सुनुवाइका लागि पेशी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन ।
सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै मेयर साहविरुद्ध अधिवक्ता पदम श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।