५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय दलित कर्मचारी समाजको नयाँ नेतृत्व चयन 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय दलित कर्मचारी समाज नेपालको नयाँ नेतृत्व चयन भएको छ । समाजको शनिबार सम्पन्न चौथौँ अधिवेशनबाट पदाधिकारी र सबै सदस्य सर्वसम्मतबाट चयन भएका हुन् ।

समाजको अध्यक्षमा जयबहादुर विक, वरिष्ठ उपाध्यक्षमा दिपा परियार, उपाध्यक्ष झविन्द्र विश्वकर्मा, हर्क गायक र सुजनकुमारी बर्देवा तथा महासचिव हेटनारायण रम्तेल चयन भएका छन् ।

समाजको सचिवमा अशोककुमार राम, खगेन्द्र बर्देवा, पूर्ण खाती र मिना बयलकोटी, कोषाध्यक्षमा बोम बहादुर परियार तथा सहकोषाध्यक्ष राजकुमार नेपाली चयन भएका छन् ।

यस्तै सदस्य प्रदेश संयोजक पनि सर्वसम्मत चयन भएका छन् । जसमा कोशी प्रदेशमा ललितकुमार विक, मधेश प्रदेशमा श्याम विश्वकर्मा, बागमतीमा दीपक विक, लुम्बिनीमा दुर्गाबहादुर विक र सुदूरपश्चिममा डम्बरबहादुर ओखेडा संयोजक तथा केन्द्रीय सदस्य सर्वसम्मत चयन भएका छन् ।

सदस्यमा उपत्यकाबाट शिशिर विक, कृष्ण विश्वकर्मा, अनिल तिखत्री, पर्वत शंकर र तिलक विक, सदस्य खुलामा राजलाल मण्डल, लालबहादुर विश्वकर्मा, दीपक नेपाली, प्रमोद विक, जितबहादुर परियार, सदस्य महिलामा गीता सुर्खेती, चाँदनी विक, अनुप परियार र नन्दा नेपाली सर्वसम्मत चयन भएका छन् ।

भर्खरै सबै तहमा नयाँ नियुक्ति तथा सिफारिश भएका कर्मचारीलाई स्वागत तथा सम्मान गरिएको छ भने, पूर्व सचिव डा।मानबहादुर विश्वकर्मा, सहित पूर्व प्रशासन तथा संस्थापक अध्यक्ष रामबहादुर नेपाली सहित १६ जनालाई सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस