२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : मन्त्री बस्नेत

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्ने गाउँमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट जनतामा आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

नेपाल नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालसहितको टोलीसँगको भेटमा मन्त्री बस्नेतले नवीकरणीय ऊर्जा प्रविधिको उपयुक्त प्रवर्द्धन र विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

परिसङ्घ र भारतको सौर्य ऊर्जा विकास संस्था एकापसमा अनुभव, प्राविधिक क्षमता र पुँजी व्यवस्था गरी दुवै पक्षलाई लाभ हुने गरी समझदारी हुन लागेकोमा मन्त्री बस्नेतले खुसी व्यक्त गरे ।

सो अवसरमा ग्रामीण जनजीवनलाई आर्थिक तथा सामाजिकरुपमा उत्थान गर्न देशमा नै उपलब्ध सीप तथा पुँजी परिचालन गर्दै नवीकरणीय ऊर्जा प्रविधिको विकास तथा उपयोग गर्नुपर्ने, सङ्घीय सरकारले निर्धारण गर्ने कार्यक्रम निजी क्षेत्र मैत्री र उपभोक्तालाई अत्यधिक लाभ हुने गरी आउनुपर्ने तथा मिश्रित ऊर्जाको अवधारणा तथा साना तथा घरेलु उद्योग, कृषिका लागि पनि नवीकरणीय ऊर्जा प्रविधिलाई प्राथमिकता दिन परिसङ्घको तर्फबाट सुझाव प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस