११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मीमा आगो निभाउने क्रममा एक बालकको मृत्यु

अ+ अ-

गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी एक बालकको मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको आज बिहान उपचारका क्रममा मिशन अस्पताल, पाल्पामा मृत्यु भएको हो ।

गए राति आफ्नो परिवारका सदस्यका साथमा स्थानीय बर्दवास जङ्गलमा लागेको आगो निभाउने क्रममा मुखिया गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि राति नै गुल्मी अस्पताल तम्घास ल्याइएको थियो । यहाँ उपचार हुन नसकेपछि राति नै पाल्पा पठाइएको थियो । मुखियाको उपचारकै क्रममा बिहान मिसन अस्पताल पाल्पामा मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल, गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिए ।

सोही ठाउँमा आगलागीमा परी घाइते भएका ५५ वर्षीय धनबहादुर जोगी कुँवरलाई पनि पाल्पामा उपचार हुन नसकेपछि आज बिहानै थप उपचारका लागि बुटवल पठाइएको छ ।

यसैबीच इस्मा गाउँपालिकामा बिहीबार भएको आगलागीबाट दुई घर र तीन गोठ पूर्णरूपमा जलेर नष्ट भएका छन् । इस्मा गाउँपालिका–५ दमारका शिवलाल कुमाल र रुद्रबहादुर कुमालको घर र गोठ जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय सामुदायिक वनबाट लागेको आगो बिहीबार अपराह्न एक्कासी गाउँ पसेपछि घर गोठसहित अन्न र लत्ताकपडा जलेर नष्ट भएको स्थानीय बोमबहादुर कुमालले जानकारी दिए ।

दुई सातादेखि गुल्मीका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वनमा आगलागी हुँदा आगो निभाउन स्थानीयवासी, जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीलाई हम्मेहम्मे भएको छ ।

प्रतिक्रिया दिनुहोस