एसीसी प्रिमियर कप : आज नेपाल ओमानसँग भिड्दै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एसीसी प्रिमियर कप : आज नेपाल ओमानसँग भिड्दै


८ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा आज दुई खेल हुदैछ ।

कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युएई र हङकङबीच प्रतिस्पर्धा हुनेछ।

समान दुई अङ्क रहे पनि रनरेटका आधारमा समूह ए मा नेपाल शीर्ष स्थान र ओमान तेस्रो स्थानमा रहेको छ । दुवै खेल बिहान ९ बजे सुरु हुनेछ ।

युएईले पहिलो खेलमा कुवेतलाई १ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

हङकङले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो । समान २ अङ्क रहे पनि रनरेटका आधारमा युएई शीर्ष स्थान र हङकङ तेस्रो स्थानमा रहेको छ ।

वैशाख १८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल सञ्चालन हुनेछ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । यस प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह बी मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस