अनमीमा नाम निकाल्दिन्छु भन्दै एक कर्मचारीले घुस मागेको अडियो सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अनमीमा नाम निकाल्दिन्छु भन्दै एक कर्मचारीले घुस मागेको अडियो सार्वजनिक


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाको सचिवालयमा कार्यरत कर्मचारीले घुस मागेको अडियो सार्वजनिक भएको छ ।

नगरपालिकामा जागिर लगाइदिन्छु भन्दै सोही नगरपालिकाका कर्मचारी देवप्रकाश राईले एक व्यक्तिसँग घुस मागेको अडियो सार्वजनिक भएको हो ।

उनले ती व्यक्तिसँग डेढ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको नगरपालिकाले जनाएको छ ।

उनले जागिरमा लगाइदिने भन्दै डेढ लाख पैसा मागे पनि ती व्यक्तिले आफूसँग अहिले ५० हजार मात्रै भएको र बाँकी पैसा १० दिनभित्र दिन्छु भन्दा उनले पुरै पैसा दिनुपर्ने अडान लिएका छन् ।

नगरपालिकाले नगर अस्पतालका लागि कम्प्युटर अपरेटर, ल्याब असिस्टेन्ट अनमी, अहेबलगायत करारमा नियुक्तिका लागि विज्ञापन गरेको थियो । उक्त विज्ञापनमा अनमीमा नाम निकालिदिने भन्दै उनले घुस मागेका हुन् ।

हेर्नुहोस् विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस