सिंहदरवारको फोहोर नउठाउनु महानगरको अराजकता हो, यसको सबैले विरोध गर्नु पर्छ : कोइराला « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सिंहदरवारको फोहोर नउठाउनु महानगरको अराजकता हो, यसको सबैले विरोध गर्नु पर्छ : कोइराला


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सिंहदरवारको फोहोर नउठाउनु काठमाडौँ महानगरपालिकाको अराजकता भएको बताएका छन्।

बिहीबार बिहान ट्विट गरी कोइरालाले जिम्मेवार निकायले गरेको यो व्यवहारको सबैले विरोध गर्नुपर्ने बताएका छन्।

उनले भनेका छन्, ‘कामपाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो । जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैपर्छ। अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरवारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो। दुवै सच्चिनु पर्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस