२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३९ दिनपछि अस्पतालबाट घर फर्किइन् मन्तोरिया

अ+ अ-

धनुषा । जनकपुरधामको न्युरो अस्पतालमा उपचार खर्च तिर्न नसकेर बन्धक बनेकी धनुषाको सबैला नगरपालिका–९ की मन्तोरियादेवी राय ३९ दिनपछि घर फर्केकी छिन्।

अस्पतालमै बन्धक बनेकी मन्तोरियालाई सबैला नगरपालिकाकाको पहलमा घर फर्काइएको हो।

नगरपालिकाका प्रमुख कारीराम यादवले जिल्ला प्रशासन कार्यालय धनुषासँग समन्वय गरी मन्तोरियालाई बुधबार घर फर्काइएको बताए।

नगरप्रमुख यादवले एक लाख रुपैयाँ सहयोग गरेका छन्। बाँकी रकम सहयोगी दाताबाट सङ्कलन गरी चुक्ता गर्ने शर्तमा मन्तोरियालाई बन्धनमुक्त गराइएको उनले बताए।

सोमबार नगरप्रमुख यादव र जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत किरणकुमार मिश्र अस्पताल पुगेर मन्तोरियाको अवस्थाबारे जानकारी लिएका थिए।

कार्यपालिकाको बैठकबाट उनलाई उपचार खर्च उपलब्ध गराउने र बन्धक मुक्त गराउन पहल गर्ने निर्णय गरेको थियो।

गत माघ १२ गते मन्तोरियालाई मोटरसाइकलले ठक्कर दिएपछि जनकपुरधामस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो।

अस्पतालले गत फागुन २० गते उनलाई डिस्चार्ज गरे पनि उपचार खर्न तिर्न सक्दा घर फर्किन सकेकी थिइनन्।

अस्पतालमा उपचारबापत आठ लाख ७४ हजार तिर्न बाँकी थियो।

तिर्न नसकेपछि तीन छोराछोरी र वृद्ध ससुरासहित मन्तोरिया ३८ दिन बन्धक बनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस