२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री कार्कीको सम्पत्ति विवरण सार्वजनिक, जग्गा किन्न ९० लाख ऋण

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्की र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा सोमबार मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।

मुख्यमन्त्री कार्कीको सम्पत्ति विवरणमा झापाको गौरादहमा सगोलमा रहेका २ वटा घर देखिएका छन् । दाजु दीपक कार्की र उनको नाममा गौरादह-१ र गौरादहमा पक्की घर छन् जुन पैतृक सम्पत्तिबाट प्राप्त भएको विवरणमा उल्लेख छ । त्यस्तै श्रीमती अन्जना पाण्डे कार्कीको नाममा ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा ७ आना र ९ आनाका २ वटा घडेरी रहेका छन् । २०७७ सालमा १ करोड ४० लाख बराबरको उक्त घडेरी किन्न एभरेस्ट बैंकबाट ९० लाख ऋण लिइएको विवरणमा उल्लेख छ ।

त्यस्तै मुख्यमन्त्री कार्कीको नाममा विभिन्न बैंकमा खाता भए पनि मौज्दात भने न्यूनतम भएको उल्लेख गरिएको छ । त्यस्तै पैतृक सम्पत्तिको बिक्रीबाट कार्की दम्पतीले करिब ३३ लाख बराबरको विभिन्न कम्पनीमा शेयर किनेका छन् । जग्गा किन्न लिएको ९० लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको पनि मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् ।

भ्रष्टाचार निवारण ऐन–२०५९ अनुसार ‘सार्वजनिक पद धारण गरेका व्यक्तिले पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण सम्बन्धित अधिकारीसमक्ष बुझाउनुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस