२२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


२७ चैत्र २०७९, सोमबार


काठमाडौँ। नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

उक्त ट्रेजरी बिल मंगलबार जारी हुने र आज दिउँसो ३ बजे बोलकबोल गरिने छ । यसैगरी, केन्द्रीय बैंकले २८ दिनको लागि ३ अर्बको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० वैशाख २८ गते परिपक्व हुनेछ ।

९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी असार २६ गते परिपक्व हुनेछ । यता, १८२ दिनको लागि ६ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी असोज २३ परिपक्व हुनेछ ।

त्यस्तै, एक वर्ष अर्थात ३६४ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० चैत २७ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

बैंकका अनुसार सबै वर्गका बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस