कालिकोटको सुनथराली विमानस्थलमा वैशाखमा परीक्षण उडान « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कालिकोटको सुनथराली विमानस्थलमा वैशाखमा परीक्षण उडान


२६ चैत्र २०७९, आइतबार


मान्म । कालिकोटको सुनथराली विमानस्थलमा वैशाखको पहिलो साता परीक्षण उडान हुने भएको छ । कालिकोटको नरहरिनाथ गाउँपालिका-१ कोटवाडामा रहेको उक्त विमानस्थलमा परीक्षण उडान हुने भएको हो ।

विसं २०४२ मा उक्त विमानस्थलको निर्माण कार्य सुरु गरिएको थियो । निर्माण कार्य पूरा भएपछि वैशाखको पहिलो साताबाट परीक्षण उडान हुने भएको बताइएको छ ।

परीक्षण उडान हुने भएकाले विमानस्थलको पूर्व अधेरी खोला, पश्चिममा नुवादेव देवताको मन्दिर, उत्तरमा भेरी सामुदायिक वन र दक्षिणमा लामीडाडा लामपाटा क्षेत्रको भूभागमा पशुचौपाया छाडा नछोड्न र मानिसको आवतजावत बन्द गरिएको छ ।

हाल यो विमानस्थलमा धावनमार्गको सुधार, रिपिटर टावर, घेराबार र भवनसमेत तयार भइसकेको विमानस्थल आयोजना कार्यालयले जनाएको छ ।

विमानस्थलमा नियमित उडान भएमा पर्यटकीय स्थलका रूपमा रहेको रामारोशन, बाजुरा र कालिकोटको सिमानामा रहेको त्रिवेणी पाटन, बडिमालिकाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस