२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली सरकार यही रहन्छ तर सहभागिता बदलिन्छ : जनार्दन शर्मा

अ+ अ-

कर्णाली । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले कर्णाली सरकार यही रहने तर सहभागिता बदलिने बताएका छन् ।

सुर्खेत विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी उनले मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वको सरकार रहने तर नेकपा (एमाले)को ठाउँमा नेपाली काँग्रेसका मन्त्री रहने स्पष्ट पारे ।

सत्ता गठबन्धन दलको केन्द्रीय स्पष्ट नीति र निर्देशनअनुसार कर्णाली प्रदेश सरकार सञ्चालन हुने पूर्व मन्त्री शर्माले बताए । यसका लागि काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीसँग पनि सरकारलाई कसरी लैजाने भन्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।

उनले भने, ‘कर्णालीमा सरकार यही रहन्छ तर सहभागिता बदलिन्छ । अहिले भएको अलमल अन्त्य गरेर सरकार अगाडि बढाउने छौँ । काँग्रेसले केही मन्त्रीको नाम दिन बाँकी रहेकाले सङ्घीय सरकारले अझै पूर्णता प्राप्त गर्न सकेको छैन । सरकारले ल्याएका नीतिगत कुरा महत्त्वपूर्ण छन् । प्रशासनिक सुधारका लागि विकास विशेष अधिकार सम्पन्न समिति बनेको छ । काम भइरहेको छ ।’

नेता शर्माका अनुसार कर्णालीको ठुला भौतिक पूर्वाधार प्रदेश सरकारले गर्न सम्भव छैन । हिल्सा सिमकोटका लागि अनुदानमा गर्ने गरी प्रस्ताव गरिएको, सुर्खेतदेखि घोडेगाउँसम्म ऋण लिएर काम गर्ने प्रक्रिया अगाडि बढेको, कालीकोट हुँदै रारा जाने मार्गको स्तरोन्नति गर्ने, भेरी करिडोरको बजेट छुट्याइएको, मदन भण्डारी राजमार्ग काम तीव्र रूपमा अगाडि बढेको र राष्ट्रिय लोक मार्गका साथै जिल्लाका ठुला सडकमा सङ्घीय सरकारको लगानी केन्द्रित गर्ने योजना रहेको छ ।

भेरी बबई डाइभर्सनमा कर्णाली सरकारले बढी शेयर लिन र १२ मेगावाटको विद्युत् उत्पादन गर्न कर्णाली सरकारको आयस्रोत बढाउन जगदुल्ला जलविद्युत् आयोजनाको काममा तीव्रता दिन सङ्घीय सरकारले पनि सहयोग गर्ने उनको भनाइ थियो । गरिबी घटाउने गरी प्रदेश सरकारले रोजगार र उत्पादनलाई जोड दिनुपर्नेमा नेता शर्माको जोड थियो ।

उनका अनुसार सत्य निरूपण तथा मेलमिलाप संवैधानिक निकायसँग सम्बन्धित ऐनहरू टेबुल भएका छन् । बाग्मती, मधेस प्रदेशमा एक ढङ्गले अगाडि बढिरहेको छ ।

कोशी प्रदेशको शक्ति सन्तुलनको अवस्था जटिल छ र समाधानको प्रयास भइरहेको छ । गण्डकी र लुम्बिनी गठबन्धनको नयाँ स्वरूप दिनुपर्ने आवश्यकता छ ।

सुदूरपश्चिम प्रदेशमा गठबन्धनको सरकार बनिरहेको छ । परिवर्तनका एजेन्डाको संस्थागत गर्न पार्टीको केही कमजोरी देखिएको अवस्थालाई मनन गर्दै आम पार्टी र जनताको बीचमा समीक्षा गर्ने अभियानलाई अगाडि बढाइएको उपमहासचिव शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस