२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी

अ+ अ-

काठमाडौँ । स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलासिस सेवाको निरीक्षण गरेको छ । स्वास्थ्य सेवा नर्सिङ सामाजिक सुरक्षा शाखाका प्रमुख डा.खगेश्वर गोलाल नेतृत्वको टोलीले निरीक्षण गरेको हो ।

टोलीमा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा जगदिश जोशी, डा.जुजुराम श्रेष्ठ र नर्सिङ अधिकृत करुणा तिमिल्सिना सहभागी थिए। अस्पतालले डायलासिस सेवा सञ्चालनको तयारी गरिरहेको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले डायलासिस सेवा सञ्चालनका लागि संरचना र जनशक्ति तयारी अवस्थामा राखेको जानकारी दिए । अस्पतालले आजदेखि परीक्षणका रूपमा डायलासिस सेवा थाल्ने तयारी गरेको छ।

यसअघि बजेट अभाव तथा स्वास्थ्य सेवा विभागले अनुमति नदिँदा डायलासिस सेवा सञ्चालन हुन सकेको थिएन । ‘अनुमति पाउन मात्रै बाँकी थियो’, उनले भने, ‘तत्काल दुई सिफ्टमा सेवा सञ्चालन गर्ने तयारी छ ।’

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य इन्द्र साउँदले आजदेखि परीक्षण गरेर आगामी सातादेखि सेवा दिने तयारी भइरहेको बताए।

सङ्घीय सरकारबाट आएको बजेट कटौतीका कारण सेवा दिन ढिलाइ भएको उनको भनाइ छ। अस्पतालमा डायलासिस सेवा नहुँदा बिरामीले अन्यत्र जानुपर्ने बाध्यता छ।

‘धनगढीस्थित सेती अस्पतालमा मात्रै डायलासिस सेवा छ, तर बिरामीको चापले पालो पाउनै मुस्किल पर्छ’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अर्जुन भट्टले भने।

हाल कञ्चनपुरबाट एक सयभन्दा बढी मिर्गौलाका बिरामी डायलासिसका लागि धनगढी तथा सीमावर्ती भारतीय अस्पताल जाने गरेका छन्।

प्रतिक्रिया दिनुहोस