सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक छ : सचिव राउत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक छ : सचिव राउत


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले सञ्चार क्षेत्रले सरकारको वार्षिक नीति तथा कार्यक्रमका साथै बजेट निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । सञ्चार मन्त्रालयमा शुक्रवार(आज) पदवहाली गर्दै सचिव राउतले सञ्चार क्षेत्रले मुलुकको आर्थिक विकास, उत्पादन क्षेत्र र सेवा प्रवाहलाई जोड्नुपर्ने बताए ।

उनले सञ्चार क्षेत्रलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारबिच समन्वय हुनुपर्नेमा जोड दिएका छन् । तीव्र रूपमा भइरहेको प्रविधिको विकासले सञ्चार क्षेत्रमा थप चुनौती र अवसर देखा परेको उल्लेख गर्दै सचिव राउतले मन्त्रालय मातहतका जिम्मेवार सबै निकायको सहयोग र सहकार्यबाट समस्या समाधान गर्न सकिने धारणा व्यक्त गरे ।

सचिव राउतले समाजमा बढ्दो साइवर अपराधलाई न्यूनीकरण तथा नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै समग्र समाजलाई गतिशील र चलायमान बनाउने सूचना प्रविधिको क्षेत्रलाई विस्तार गर्नुपर्ने बताए । साथै मातहतका विभिन्न निकायबाट अघि बढाइएका कार्यक्रमहरूमा आफ्नै सहयोग रहने प्रतिविद्धतासमेत उनले व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस