श्रम मन्त्रालयलाई प्रतिष्ठित बनाउने नवनियुक्त मन्त्री भण्डारीको प्रतिबद्धता « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

श्रम मन्त्रालयलाई प्रतिष्ठित बनाउने नवनियुक्त मन्त्री भण्डारीको प्रतिबद्धता


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । सिंहदवारस्थित मन्त्रालयमा पदवहालीका क्रममा उनले स्वदेश मै रोजगार सिर्जना तथा वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाइने बताए । मुलुकको समृद्धिका लागि श्रम मन्त्रालयले योगदान गर्न सक्ने गरी मन्त्रालयलाई सञ्चालन गरिने उनको भनाई थियो ।

अहिले मन्त्रालयले गरिरहेका सम्पूर्ण कामकारबाहीलाई पुनरावलोकन गरिने भन्दै मन्त्री भण्डारीले सीपयुक्त दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउन पहल गरिने बताए ।

पदवहालीका क्रममा मन्त्री भण्डारीले अभिमुखीकरण सेवा प्रदायक संस्थाका कामकारबाहीलाई थप प्रभावकारी बनाउन कार्यदल गठन गर्नेसम्बन्धी निर्णय गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस