हामी मन्त्री पदको भोको होइनौँ : सिके राउत « प्रशासन
Logo १० आश्विन २०८०, बुधबार
   

हामी मन्त्री पदको भोको होइनौँ : सिके राउत


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरू मन्त्री पदको भोको नभएको बताएका छन्।

शुक्रबार खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएपछि अध्यक्ष राउतले यस्तो बताएका हुन्।

उनले भने, ‘जनमत पार्टी जनताको सेवा गर्नको लागि सरकारमा गएको हो। अब्दुल खानलाई धेरै धेरै बधाई छ। उहाँले राजीनामा दिएर साबित गर्नुभएको छ कि जनमत पार्टी र स्वराजी कुनै मन्त्री पदको भोको होइन, हामी जनताका सेवक हौँ। काम गर्ने वातावरण रहने हो भने पदमा बस्ने हो, जनताको लागि कामै गर्न सकिएन र जनताको वाचा पूरा गर्न सकिएन भने हामी त्यहाँ टाँसिरहनेको औचित्य हुँदैन ।’

अध्यक्ष राउतले आफूहरूले निर्वाचनको क्रममा जनतासँग शिक्षा, स्वास्थ्य, रोजगारी, किसान आन्दोलनको मुद्दा सम्बोधन, नागरिकता समस्या समाधान, आन्दोलनकारीको मुद्दा फिर्ता र राजबन्दीको रिहाइ सहितका कुरा सकारात्मक दिशामा अगाडि बढाउन नसकिएकाले सत्ताकै लागि कुर्सीमा नटाँसिने बताएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस