उपनिर्वाचन : तनहुँ-१ र बारा-२ मा २६ दल दर्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपनिर्वाचन : तनहुँ-१ र बारा-२ मा २६ दल दर्ता


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । तनहुँ-१ र बारा-२ को उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दल दर्ता भएको छ ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि २६ वटा दल दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ । सोही दिन उपनिर्वाचन हुने चितवन क्षेत्र २ मा भने यसअघि नै दल दर्ताको निर्णय भइसकेको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा समानुपातिकतर्फ प्राप्त गरेको मत संख्याको आधारमा र प्रतिनिधिसभामा प्रतिनिधित्व नगर्ने दलहरूलाई आयोगमा दर्ता भएको क्रमको आधारमा उम्मेदवारको निर्वाचन चिह्न मतपत्रमा समावेश गर्ने निर्णय पनि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस