एसइई परीक्षालाई मर्यादित बनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

एसइई परीक्षालाई मर्यादित बनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसइई परीक्षालाई मर्यादित बनाउन निर्देशन दिएका छन् ।

आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन उनको आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘आजदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूको उज्जवल भविष्यको कामना गर्दछु। एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ-आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा हार्दिक अपील गर्दछु।’

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा चैत २९ गतेसम्म चल्नेछ ।

यस वर्षको एसइईमा ५ लाख १६ हजार पाँच सय ९१ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी हुने भएका छन् ।

परीक्षाका लागि देशभर १ हजार ३६ र जापानमा एउटा गरी दुई हजार३६ परीक्षा केन्द्र कायम गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस