१० हजार सापटी रकम फिर्ता नदिँदा महिलाको हत्या « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

१० हजार सापटी रकम फिर्ता नदिँदा महिलाको हत्या


१६ चैत्र २०७९, बिहिबार


हत्या

तनहुँ । तनहुँमा सापटी दिएको रकम फिर्ता नगर्दा एक महिलाको हत्या भएको छ ।

पोखरा महानगरपालिका–३३ बाघमारा बस्ने ४२ वर्षीया शान्ति श्रेष्ठको हत्याको भएको हो ।

काभ्रेपलान्चोक पाँचखाल नगरपालिका वडा नं. ५ स्थायी घर भई हाल पोखरा ७ घारीपाटनमा बस्दै आएका ३५ वर्षीय प्रकाश सुनारलाई तनहुँ प्रहरीले पक्राउ गरेको हो ।

१० हजार रुपैयाँ सापटी रकम फिर्ता नदिँदा सुनारले हत्या गरेका हुन् । उनले महिलाको टाउकोमा इँट्टाले प्रहार गरेर हत्या गरी खानेपानी ट्याङ्कीमा फालिदिएका थिए ।

गत चैत १२ गते खानेपानी ट्याङ्कीमा पोखरा महानगरपालिका–३३ बाघमारा बस्ने ४२ वर्षीया शान्ति श्रेष्ठको शव फेला परेको थियो । उनी फागुन २१ गतेदेखि हराएकी थिइन् । आफन्तले चैत ६ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी कार्य गरी पाउँ भनी निवेदन दिएका थिए ।

घर–घरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव फेला परेको हो ।

हत्या गरेपछि महिलासँग भएको गरगहना र मोबाइल पनि लुटिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस