राजेन्द्र महतो बारा-२ बाट चुनाव लड्ने तयारीमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राजेन्द्र महतो बारा-२ बाट चुनाव लड्ने तयारीमा


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतो बारा-२ बाट उपचुनाव लड्ने भएका छन् ।

बारा-२ बाट महतोलाई उम्मेदवार बनाउने लोसपाले निर्णय गरेको छ ।

महतो गत चुनावमा सर्लाही-२ मा पराजित भएका थिए । धनुषा-३ छाडेर सर्लाही २ फर्किएका राजेन्द्रलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रले २ हजार ११ मत अन्तरले पराजित गरेका थिए ।

बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी जसपाका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि यहाँ १० वैशाखमा उपचुनाव हुँदैछ ।

४ मंसिरको चुनावमा रामसहायले १३ हजार ८२२ मत ल्याएर चुनाव जित्दा तत्कालीन माओवादीका उम्मेदवार भएका कुशवाह ३५४ मतान्तरले पराजित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस