आजै मन्त्रिपरिषद विस्तार गर्ने लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आजै मन्त्रिपरिषद विस्तार गर्ने लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी रहेको बताएका छन् ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सबै काम सकिएकाले सकेसम्म आजै बेलुका मन्त्रिपरिषद विस्तार गर्ने लक्ष्य रहेको बताए ।

‘सकेसम्म यहाँबाट १ बजे फर्केर जाने र आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ’, उनले भने, ‘यदि आज सकिएन भने पनि भोली विहान होला, काम त हाम्रो सकिएको छ ।’ उनले एक दुईवटा मन्त्रालय मिलाउन बाँकी भएपनि अरु टुंगिएको बताए ।

१० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिनादेखि १६ मन्त्रालय आफैँ समाल्दै आएका छन् ।

यी मन्त्रालयहरु ३ माघको सहमतिअनुसार, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले पाएका थिए । तर ३ वटै दलले पालैपालो सरकार छोडेपछि १५ माघदेखि जनमत पार्टीका एक र माओवादी केन्द्रका चार मन्त्री मात्रै सरकारमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस