आरजु राणा नयाँ दिल्लीमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आरजु राणा नयाँ दिल्लीमा


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा भारतको दिल्ली पुगेकी छिन् ।

उनी सोमबार साँझ आमा प्रतिभा राणासहित भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन् ।

कांग्रेस केन्द्रिय सदस्यसमेत रहेकी नेतृ राणा सोमबार साँझ ७ बजे नयाँ दिल्लीतर्फ गएकी हुन् ।

नियमित स्वास्थ्य जाँचका लागि नयाँ दिल्ली गए पनि उनले सो क्रममा राजनीतिक भेटघाट गर्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस