साफ यू-१७ महिला च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

साफ यू-१७ महिला च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको चौंथो तथा अन्तिम खेलमा नेपालले आज आयोजक बङ्गलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले आयोजक टोलीको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपालले अघिल्ला ३ खेलमा दुई हार र एक जित निकालेको छ ।

नेपाल पहिलो खेलमा भारत र तेस्रो खेलमा रसियासँग पराजित भएको थियो । नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो ।

नेपाल ३ खेलमा ३ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ । बंगलादेश ३ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।

बङ्गलादेशले भुटान र भारतलाई हराएको थियो । रसियासँग हार व्यहोरेको थियो ।

रसिया ९ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । भारत ६ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । अङ्क विहीन भुटान पुछारमा रहेको छ ।

प्रतियोगिताको अन्तिम खेलमा मंगलबार नै रसिया र भारतबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस