विराट गोल्डकप : जावलाखेल युथलाई हराउँदै विराटनगर सिटी फाइनलमा « प्रशासन
Logo १५ जेष्ठ २०८०, सोमबार
   

विराट गोल्डकप : जावलाखेल युथलाई हराउँदै विराटनगर सिटी फाइनलमा


१४ चैत्र २०७९, मंगलबार


मोरङ । सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विराटनगर सिटी क्लब फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रङ्गशालामा सोमबार राति भएको पहिलो सेमिफाइनल खेलमा विराटनगर सिटीले जावलाखेल युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो ।

खेलमा म्यान अफ दि म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित भई नगद रु ११ हजार प्रदान गरिएको छ । विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानेले खेलाडीको मेहनतका कारण विजयी हासिल गर्न सफल भएको विचार राखे ।

जावलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले पाएको अवसर खेर फाल्दा हार व्यहोर्नुपरेको बताए ।

गोल्डकपको आज हुने अन्तिम सेमिफाइनल खेलमा भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम एपिएफबीच प्रतिस्पर्धा हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस