सिडिओसहित गृहका १० उपसचिवको सरुवा  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिडिओसहित गृहका १० उपसचिवको सरुवा 


१० चैत्र २०७९, शुक्रबार


काठमाडौँ । प्रमुख जिल्ला अधिकारी(प्रजिअ)सहित ९ जना उपसचिवहरूको सरुवा भएको छ । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित मातहत कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागकी उपसचिव किरण जोशीलाई जिल्ला प्रशासन कार्यालय दार्चुलाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने त्यहाँका प्रजिअ दिर्घराज उपाध्यायलाई जिल्ला प्रशासन कार्यालय डोटीको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । 

त्यस्तै गृह मन्त्रालयका उपसचिव गङ्गाबहादुर क्षेत्रीलाई जिल्ला प्रशासन कार्यालय जाजरकोटको सहायक प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने गृहका उपसचिव त्रय झंकनाथ ढकाल, मित्रलाल शर्मा र गोकर्ण प्रसाद उपाध्यायलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वरिष्ठ अध्यागमन अधिकृतमा पठाइएको छ । 

यसैगरी उपसचिव कल्पना घिमिरे नेपाललाई कारागार कार्यालय नख्खुको जेलर र विजयराज पौडेललाई अध्यागमन कार्यालय कोदारीको वरिष्ठ अध्यागमन अधिकृत, कृष्ण बहादुर शाहीलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग र लक्ष्मी पाण्डे गौतमलाई अध्यागमनबाट गृह मन्त्रालयमा ल्याइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस