२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूपू सैनिक सम्मेलन पश्चिम पृतनामा सुरु

अ+ अ-

पोखरा । नेपाली सेना पश्चिम पृतना मातहतका सात जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना भएको भूतपूर्व सैनिक सम्मेलन सुरु भएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले यहाँस्थित फूलबारी ब्यारेकमा आज उद्घाटन गरेको सम्मेलनमा मनाङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा स्थायी बसोबास गर्ने तीन हजार आठ सय ९४ भूपू सैनिकको सहभागिता छ ।

नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएसँगै निरन्तररुपमा विभिन्न क्षेत्रमा सेनाले भूपू सैनिक सम्मेलन गर्दै आएको छ । हाल निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपू सैनिकको सङ्ख्या ८१ हजार छ सय ४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ समेत गरी कूल निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ जना रहेको छ ।

सम्मेलनमा भूपू सैनिकका प्रतिनिधिद्वारा मार्च, झाँकी प्रदर्शन, राष्ट्रिय गीतमा सामूहिक नृत्य, पिटी र सैनिक ब्यान्ड प्रदर्शन, ज्येष्ठ सैनिक सम्मान, ‘ह्वील चियर’ तथा बैसाखी वितरण, चारभन्दा बढी सन्ततिलाई सेनामा प्रवेश गराउने आमा/बाबुलाई सम्मान, शताब्दी पुरुष/महिला सम्मान र अन्तरक्रिया तथा छलफल हुनेछ ।

अवकाश प्राप्त सैनिक एवं पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिप्रति लक्षित सम्मेलनले विभिन्न दर्जा, नियुक्ति, युनिट र स्थानमा तैनाथ रही योगदान पुर्‍याएका पूर्वसैनिकको पुनर्मिलनको ठूलो अवसर प्रदान गरेको छ । सम्मेलनबाट सैनिक नेतृत्वले विभिन्न स्थानमा पुगेर पूर्वसैनिक एवं तिनका परिवारसँग अन्तरक्रिया गर्ने हुँदा सेनाले आफ्ना हिताधिकारीको कल्याणका लागि गरिरहेका प्रयासको मूल्याङ्कन तथा भावी योजना तर्जुमा गर्न महत्त्वपूर्ण सुझाव प्राप्त हुनेछ ।

सेना, सैनिक नेतृत्व र हिताधिकारीबीच आत्मीयता, भरोसा एवं विश्वास वृद्धि हुने यस्तो जमघटबाट सम्पूर्ण हिताधिकारीको सामाजिक प्रतिष्ठा र आत्मसम्मानसमेत वृद्धि हुने सेनाले अपेक्षा गरेको छ । सेनाको नं ३ बाहिनी अड्डा, खैरेनीटार, तनहुँमा शुक्रबार गोरखा, लमजुङ र तनहुँमा स्थायी बसोबास गर्ने भूपू सैनिकको सम्मेलन हुनेछ । उक्त सम्मेलनमा ११ हजार तीन सय १७ सहभागी हुने जानकारी दिइएको छ । पूर्वसैनिकमा देश तथा संस्थाप्रतिको आस्था र भरोसालाई सम्मान गर्ने उद्देश्य रहेको सम्मेलन उनीहरूले राष्ट्र सेवामा पुर्‍याएको योगदानको कदर गर्ने अवसरका रूपमा रहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस