नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ ग्रहण आज « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ ग्रहण आज


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिँदै छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ ।

जनता समाजवादी पार्टी(जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गरेका थिए ।

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस