काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु निर्वाचन अझै सुरु हुन सकेको छैन ।
तयारी पूरा भए पनि केही प्रतिनिधि आएर हस्ताक्षर गर्न बाँकी भएकाले मतदानमा ढिलाइ भएको हो ।
मतदानको समय बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म निर्धारण गरिएको छ ।