काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।
भुर्तेलले ३२ बलमा ५० रन पूरा गरेका हुन् । उनले ४ छक्का र ३ चौका प्रहार गरे ।
उनको यो पाँचौं एकदिवसीय अर्धशतक हो ।