डोटीको बोगटान फुड्सिल साक्षर पालिका घोषणा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डोटीको बोगटान फुड्सिल साक्षर पालिका घोषणा


१ चैत्र २०७९, बुधबार


डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ ।

पालिकाका भित्र रहेका सात वटा वडालाई साक्षर घोषणा गरिएसँगै मङ्गलवार एक कार्यक्रमका बिच पालिकालाई साक्षर पालिका घोषणा गरिएको हो ।

मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता प्रविधि प्रयोगको असमानतामा न्यूनता भन्ने मर्मका साथ गाउँपालिकालाई जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले पालिकालाई साक्षर घोषणा गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका समन्वय प्रमुख सिंहले यसलाई दिगो व्यवस्थापन तर्फ पालिकाले विशेष ध्यान दिनु पर्ने बताए ।

बोगटान फुड्सिल गाउँपालिकाका १५ देखि ६० वर्ष उमेर समूहका ९७.१० प्रतिशत नागरिक साक्षर भएपछि साक्षर पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले बताए ।

गाउँपालिका अन्तरगत वडा नम्बर १ सिमचौरको साक्षरता प्रतिशत ९७.५१, वडा नम्बर २ केदार अखडाको ९६.२७, वडा नम्बर ३ कानाचौरको ९६.७१, वडा नम्बर ४ सातफरीको ९७.२ प्रतिशत साक्षर दर रहेको छ । त्यसै गरी वडा नम्बर ५ धिकांमाण्डौको ९६.८, वडा नम्बर ६ गगुडाको ९७.४ ५ र वडा नम्बर ७ चवराचौताराको ९७.१५ प्रतिशत साक्षर दर रहेको पालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस