काठमाडौँ । आज नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जस अनुसार भारतीय रुपैयाँ १ सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ।
यस्तै, युरो एकको खरिद दर १३९ रुपैयाँ ४० पैसा र बिक्री दर १४० रुपैयाँ ०४ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ५६ पैसा र बिक्री दर १५८ रुपैयाँ २८ पैसा रहेको छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७५ पैसा र बिक्री दर ३५ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
