गठबन्धन कार्यदलको बैठक बस्दै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

गठबन्धन कार्यदलको बैठक बस्दै


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न गठबन्धनमा आबद्ध दलहरूको बैठक बस्न लागेको छ । काँग्रेस-माओवादीसहित आठ दलीय गठबन्धन कार्यदलको बैठक बस्न लागेको हो । 

काँग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा आबद्ध नेताहरूको बैठक बस्न लागेको हो । संयोजक खड्काका अनुसार अहिले केहीबेरमा बैठक सुरु हुनेछ । 

बैठक काँग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बस्न लागेको हो । बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयन, मनोनयन दर्ता र निर्वाचनको तयारीका विविध विषयमा छलफल हुने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस