काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेस अवसरवादी पार्टी नभएको बताएका छन् ।
राष्ट्रपति निर्वाचनपछि संसद भवनमा सञ्चारकर्मीसँग उनले ८ दलीय गठबन्धन अगाडि बढ्ने बताए । ‘नेपाली कांग्रेस पार्टी अवसरवादी पार्टी होइन । हामीले बोलेपछि पुरा गर्छौँ । आठ दलीय गठबन्धनलाई घनिभूत ढङ्गले अगाडि बढाउनुपर्छ ,’ उनले भने ।
संविधानको धारा ७६ को उपधारा ३ मा गएर संसद्को पहिलो दलको हैसियतले प्रधानमन्त्री बन्न खेलमा कांग्रेस नलाग्ने उनको भनाइ छ । सरकार फेर्ने खेलमा नलाग्ने भन्दै जनताको समस्या समाधान गर्नतिर ध्यान दिने महतले बताए ।