अभिनेत्री सुरक्षा पन्तले र अभिनेता मानवले गरे इन्गेजमेन्ट « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

अभिनेत्री सुरक्षा पन्तले र अभिनेता मानवले गरे इन्गेजमेन्ट


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ । बुधबार आयोजित एक समारोहकाबीच पन्त र सुवेदीको इन्गेजमेन्ट भएको हो । 

जसको जानकारी अभिनेत्री पन्तले सामाजिक सञ्जालमार्फत तस्बिर शेयर गर्दै दिएकी छन् ।

तस्बिरका साथ उनले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौँ । आशीर्वाद दिनुहोला ।’

पन्त र सुवेदीको बिहीबार चितवनको सौराहामा विवाह समारोह आयोजना हुँदैछ । विवाहमा दुबैतर्फका नजिकका साथीभाइ, आफन्त सहभागी हुनेछन् ।

दुबैले विगत ६ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । पन्तले इन्गेजमेन्टको तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उनलाई बधाई तथा सफल दाम्पत्य जीवनको शुभ-कामना मिलिरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस