अभिनेत्री निशा अधिकारीको मुद्दामा सम्पत्तिको फाँटवारी देखाउन आदेश « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अभिनेत्री निशा अधिकारीको मुद्दामा सम्पत्तिको फाँटवारी देखाउन आदेश


२१ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषवाकरविरुद्ध दिएको अंशबन्डाको मुद्दामा सम्पत्ति फाँटवारी माग गर्न आदेश दिएको छ ।

न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आज सम्पत्ति फाँटवारी माग (आफ्नो सम्पत्ति के कति छ अदालतलाई देखाउन) आदेश दिएको हो । अभिनेत्री अधिकारीले उक्त मुद्दामा नाबालक छोरालाई पनि अंशमा भाग लगाउनुपर्ने माग गरेकी छन् ।

अभिनेत्री अधिकारीले गत भदौ २८ गते नै अंशचलनको मुद्दा दायर गरेकी थिइन् । उनीहरूबीच २०७४ सालमा विवाह भएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस