रियलले आत्मघाती गोल गर्दा बार्सिलोना विजयी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

रियलले आत्मघाती गोल गर्दा बार्सिलोना विजयी


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ ।

बिहीबार राति भएको पहिलो लेगमा बार्सिलोनाले रियल मड्रिडलाई १-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा रियलका इडर मिलिटाओले आत्मघाती गोल गरेपछि बार्सिलोना विजयी भएको हो ।

मिलिटाओले खेलको २६ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए ।

अब दुई टोलीबीचको दोस्रो लेग अप्रिल ५ मा हुनेछ । दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस